नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर छ : पर्यटन मन्त्री « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन सरकार गम्भीर छ : पर्यटन मन्त्री


156
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले हवाई सेवालाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताउनु भएको छ ।

बिहीबार प्रतिनिधि सभामा पोखरामा भएको जहाज दुर्घटनाबारे जानकारी गराउँदै यस्तो बताउनुभएको हो ।

मन्त्री किराँतीले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताउनुभयो ।

पोखरामा भएको जहाज दुर्घटनाबारे जानकारी गराउन नेपाली कांग्रेसले माग गरेसँगै सरकारको तर्फबाट जानकारी गराउँदै उहाँले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताउनुभएको हो ।

मन्त्री किराँतीले गत माघ १ गते पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेका ७२ मध्ये ७१ जनाको शव फेला परेको बताउनुभयो । उहाँले अझै एक जना शिशुको शव खोजि कार्य जारी रहेको जानकारी दिनुभयो ।

उहाँले सरकारले खोजी कार्यमा नेपाल प्रहरी, नेपाल आर्मी, नेपाल सशस्त्र प्रहरी बल लगायतका निकाय खोजि कार्यमा निरन्तर लागेको बताउनुभयो ।