‘द कश्मीर फाइल्स’ आजबाट पुनः प्रदर्शनमा « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


‘द कश्मीर फाइल्स’ आजबाट पुनः प्रदर्शनमा


156
Shares

एजेन्सी । सन् २०२२ मा सर्वाधिक चर्चा बटुल्न सफल भएकाे फिल्म ‘द कश्मीर फाइल्स’ बिहीबारबाट पुनः प्रदर्शनमा आउने भएको छ ।

फिल्मका निर्देशक विवेक रन्जन अग्निहोत्रीले आफ्नाे सामाजिक सञ्जाल ट्वीटर मार्फत फिल्मको पुनः प्रदर्शन गर्ने घोषणा गरेका हुन् । उनले ट्वीट गर्दै लेखेका छन्, ‘द कश्मीर फाइल्स १९ जनवरीमा कश्मीरी हिन्दु नरसंहार दिवसमा पुनः प्रदर्शन हुँदैछ । बलिउडमा १ वर्षमा कुनै फिल्म दुई पटक सार्वजनिक भएको सम्भवत यो नै पहिलो हुनसक्छ।’

फिल्मका अभिनेता अनुपम खेरले पनि फिल्मकाे पुनः प्रदर्शन हुने पुष्टि गरेका छन् । अनुपमले ट्वीट गर्दै लेखेका छन्, ‘सायद पहिलो पटक यस्तो हुँदैछ कि कुनै फिल्म एकै वर्षभित्र दोस्रो पटक सार्वजनिक हुन लागेको छ । फिल्म ‘द कश्मीर फाइल्स’ एक पटक पुनः सार्वजनिक हुँदैछ । कश्मीरमा भएको कश्मीरी पण्डितको नरसंहारलाई समर्पण गर्नका लागि फिल्म हेरिदिनुहोला।’

११ मार्च, २०२२ मा प्रदर्शन भएकाे यो फिल्मले बक्स अफिसमा उत्कृष्ट व्यापार गरेको थियो । उत्कृष्ट व्यापार गरेसँगै फिल्म सन् २०२२ को सर्वाधिक हिट फिल्मको सूचीमा समेत परेको थियो ।