८ फाल्गुन २०८०, मंगलबार | Tue Feb 20 2024


उद्योगीमैत्री वातावरण बनाउन परिसंघको आग्रह


26
Shares

काठमाडाैं । नेपाल उद्योग परिसंघले सरकारसमक्ष उद्योगमैत्री वातावरण बनाउन माग गरेको छ ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आज नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेट गरी बधाई तथा शुभकामना दिंदै यस्तो आग्रह गरेको हो ।

अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानीयोग्य पुँजीको अभावजस्ता कारणले उद्योगी–व्यवसायीको मनोबल निकै खस्किएको बेला मनोबल बढाउन र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनर्जिवित गर्ने नीति अबलम्बन गर्न आग्रह गर्नुभयो ।

उहाँले औद्योगीकरणले मात्रै दिगो विकास प्राप्त गरी रोजगारीका अवसर सिर्जना गर्न सक्ने हुँदा नेपालको औद्योगिकीकरणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन पनि आग्रह गर्नुभयो ।