काठमाडाैं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने ८६ जना सवारी चालकको सवारी चालक अनुमति पत्र निलम्बनको लागि आज यातायात व्यवस्था विभागमा पठाएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच पटकभन्दा बढी उल्लंघन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिमको कसुरमा लाइसेन्स निलम्बनका लागि विभाग पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।
ट्राफिक नियम उल्लघंन गरिरहने चालकबाट नै धेरै जसो सवारी दुर्घटना हुने गरेकोले सुरक्षित यात्राका लागि नियम पालना गर्न भट्टले अनुरोध समेत गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्