३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


लिभरपुल एफए कपको चौथो चरणमा


169
Shares

काठमाडौं । वुल्भरह्याम्पटनलाई हराउँदै शिर्ष क्लब लिभरपुल एफ ए कप फुटबलको चौथो चरणमा पुगेको छ ।

मंगलबार राति भएको तेस्रो चरणको पुनः खेलाइएको खेलमा लिभरपुलले वुल्भरह्याम्पटनलाई १–० ले हराउँदै चौथो चरणमा पुगेको हो ।

वुल्भरह्याम्पटनको मैदानमा भएको खेलमा लिभरपुललाई विजयी गराउन हार्भे इलियटले १३ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

यी दुई बीच पहिला भएको खेल २–२ को बराबरीमा रोकिएको थियो ।

एफ.ए कपकै अर्को खेलमा चेस्टरफिल्डलाई ४–० ले हराउँदै वेष्ट ब्रोम तथा फरेष्ट ग्रिनलाई २–१ ले हराउँदै बर्मीङ्घम सिटी पनि चौथो चरणमा उक्लिएका छन् ।

मंगलबार राति भएका अन्य दुई खेलहरुमा ब्रिस्टोल सिटीले स्वान्सी सिटीलाई २–१ ले पराजित गर्दा लुटन टाउनले विगान एथ्लेटिकलाई २–१ ले पाखा लगायो ।