हलिउड गायिकाको नक्कल गर्दा ‘ट्रोल’ भइन् नोरा « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


हलिउड गायिकाको नक्कल गर्दा ‘ट्रोल’ भइन् नोरा


806
Shares

एजेन्सी । भारतीय अभिनेत्री तथा डान्सर नोरा फतेहीले सामाजिक संजालमा आफ्नो नयाँ लुक्सका कारण ‘ट्रोल’ भएकी छिन् ।

उनले आफ्नो हालै फोटोसुट गराएको तस्बिरलाई सामाजिक संजालमा सार्वजनिक गरेकी छन् । उक्त तस्विरलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले नोरा हो कि अमेरिकी पप गायिका लेडी गागा हो भनेर छुटाउन मुस्किल भएको भन्दै प्रतिक्रिया दिएका छन् । 

सार्वजनिक तस्विरमा नोरा चम्किलो सुनौलो रंगको कपडामा देखिएकी छन् । उनले घाँटी, कम्मर र हातमा कालो पेटी बाँधेकी छन् । योसँगै उनले आफ्नो लुगासँग मिल्दोजुल्दो रंगको चस्मा पनि लगाएकी छन् ।

यस लुगामा उनी हलिउड गायिका लेडी गागा जस्तै देखिएकी छन् । यहाँसम्म कि उनले लेडी गागाको जस्तै कपाल बनाएकी छन् । लेडी गागा प्रायः कैलो कपालमा देखिन्छन् । 

क्यानाडामा जन्मिएकी नोराले तेलुगु फिल्म ‘टेम्पर’ मा आइटम नृत्य गरेपछि चर्चामा आएकी थिइन् । उनले थुप्रै बलिउड फिल्ममा समेत आइटम नृत्य गरेकी छन् ।