ब्राजिलकामा हिंसा भड्काएको आरोपमा पूर्वन्यायमन्त्री टोरेस पक्राउ « Imagekhabar – Online News Portal of Nepal
२२ माघ २०७९, आईतवार | Sun Feb 5 2023


ब्राजिलकामा हिंसा भड्काएको आरोपमा पूर्वन्यायमन्त्री टोरेस पक्राउ


78
Shares

एजेन्सी । ब्राजिलकामा हिंसा भड्काएको आरोपमा पूर्वन्यायमन्त्री एन्डरसन टोरेस पक्राउ परेका छन् ।

अमेरिका भ्रमणमा रहेका टोरेसलाई अमेरिकाबाट ब्राजिल फर्के लगत्तै टोरेसकै निवासबाट पक्राउ गरिएको हो । टोरेसमाथि आक्रमणको जानकारी हुँदाहुँदै पनि जानीजानी आक्रमण रोक्न नचाहेको आरोप लगाइएको छ । ब्राजिलमा दंगा सुरु हुनुअघि नै देश छोडेका टोरेस पूर्वराष्ट्रपति जायर बोल्सोनारोका निकट सहयोगी मानिन्छन् ।

यसैबीच टोरेसको घरमा गत अक्टोबरमा भएको राष्ट्रपतीय निर्वाचनको परिणाम उल्ट्याउने आदेशको मस्याैदा फेला परेको जनायएकाे छ । टोरेसले ट्वीट गर्दै आफू सधै कानूनी आधार र नैतिकताका साथ काम गरेको भन्दै सत्यको जित हुने दावी गरेका छन् ।

ब्राजिलमा गत साता संसद परिसर र राष्ट्रपति निवास र सर्वोच्च अदालतमा आक्रमण भएको थियो ।