Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


विमान दुर्घटनाप्रति एमाले अध्यक्ष ओलीद्वारा दु:ख व्यक्त


130
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार पोखरामा भएको यति एयरलाइन्सकाे विमान दुर्घटनाप्रति दु:ख व्यक्त गर्नुभएकाे छ ।

उहाँले आइतबार दिउँसाे आफ्नाे सामाजिक सञ्जाल फेसबुक मार्फत यस्ताे दु:ख व्यक्त गर्नुभएकाे हाे । विमान दुर्घटनाको बारेमा प्रभावकारी उद्दारका गर्नका लागि उहाँले सरकारसँग आग्रह समेत गर्नुभएकाे छ।

विमान दुर्घटना हुँदा ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँले शोकाकुल परिवारजनमा गहिरो समवेदना समेत व्यक्त गर्नुभएकाे छ । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखरा उडेको यति एयरलाइन्सको विमान आइतबार बिहान पोखरामा दुर्घटनामा परेको थियो ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा यस्ताे लेख्नुभएकाे छ: