
एजेन्सी । ब्राजिलमा गत साता भएको दंगामा पूर्वराष्ट्रपति जायर बोल्सोनारोको संलग्नताकाे विषयमा छानविन गर्न सर्वोच्च अदालत सहमत भएको छ ।
संसद भवन, कंग्रेस भवन र राष्ट्रपति भवन लगायका संवेदनशील स्थानमा तोड्फोड गर्ने र क्षति पुर्याउने गरी भएको दंगाका लागि बोल्सोनारोले उक्साएको हो वा होइन भन्ने विषयमा छानविन गरिने भएको हो ।
सर्वोच्च अदालतका न्यायाधीश एलेक्जेन्ड्रे डी मोरेसले पूर्वराष्ट्रपति बोल्सोनारोले दंगाको दुई दिनपछि फेसबुकमा पोस्ट गरेको भिडियोलाई उद्धृत गर्दै बोल्सोनारोमाथि छानविन हुनुपर्ने बताएका थिए ।
गत अक्टोबरमा भएको निर्वाचनमा पराजित भए पनि बोल्सोनारोले अहिलेसम्म पराजय स्वीकार्नु भएको छैन । नयाँ राष्ट्रपतिले पद बहाली गर्नुअघि अमेरिका पलायन हुनुभएका उहाँ समर्थक भीडले ब्राजिलमा गत साता दंगा मच्चाएको थियो ।
प्रतिक्रिया दिनुहोस्