 
	    एजेन्सी । रुसले युक्रेनका मुख्य शहरहरुमा क्षेप्यास्त्र आक्रमणको वर्षा गरेको छ ।
रुसले डिनिप्रो शहरको एउटा आवासीय भवनमा गरेकाे आक्रमणमा करिब ९ जनाकाे मृत्यु भएकाे हाे । ९ तले उक्त अपार्टमेन्ट भवन पूर्ण रुपमा ध्वस्त भएको छ । युक्रेनको उर्जा पूर्वाधार लक्षित आक्रमणका कारण कीभ, खार्किभ र ओडेसा शहरमा आपत्कालीन अन्धकार छाएको छ ।
युक्रेनका अधिकांश विद्युतीय पूर्वाधारहरु यसअघि नैं ध्वस्त पारेको रुसले शनिबार गरेको आक्रमणबाट थप पूर्वाधारहरुमा क्षति पुगेको छ । बेलायतले युक्रेनी सेनाको लागि च्यालेन्जर ट्यांक पठाउने घोष्णा गरेपछि थप रुष्ट बनेको रुसले युक्रेनमाथि धमाधम मिसाइल प्रहार गरेको हो ।
युक्रेनलाई कुनै पनि राष्ट्रले थप हतियार उपलब्ध गराए कारबाहीलाई तीब्रता दिने रुसले चेतावनी दिएकाे छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्