पल शाहले ‘ओ सजन’ बाट चलचित्रमा कमब्याक गर्दै « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


पल शाहले ‘ओ सजन’ बाट चलचित्रमा कमब्याक गर्दै


2.119k
Shares

काठमाडौं । अभिनेता पल शाहले चलचित्र ‘ओ सजन’बाट कमब्याक गर्ने भएका छन् ।

बाल यौन दुरूपयोग मुद्दामा तनहुँ जिल्ला कारागारमा सजाय काटिरहेका शाहले रिहा भएपछि उक्त फिल्मबाट चलचित्र क्षेत्रमा कमब्याक गर्न लागेका हुन् ।

राया फिल्म्सको ब्यानरमा निर्माण हुने यस चलचित्रको शुक्रबार चलचित्र बिकास बोर्डमा दर्ता गरी इजाजतपत्र लिइएको छ । चलचित्रमा शाहका साथमा कविता राय र आरएल लामा मुक्तान मुख्य भूमिकामा रहेका छन् ।

शाह र रायले यसअघि ‘ओ सजन’ बोलको थारु गीतमा काम गरिसकेका छन् । गीतझैं चलचित्र पनि थारु समुदायको कथामा निर्माण हुन लागेको हो । शाहले यो चलचित्र कानूनी झमेलामा फस्नुअघि नै सम्झौता गरेका थिए ।

शिवम् अधिकारीको लेखन तथा निर्देशनमा बन्न लागेको यस चलचित्रको छायांकन शाह कारागारबाट रिहा भएपछि हुनेछ ।