मधेश प्रदेशका मुख्यमन्त्री यादव र तीन मन्त्रीले लिए शपथ « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


मधेश प्रदेशका मुख्यमन्त्री यादव र तीन मन्त्रीले लिए शपथ


325
Shares

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ लिनुभएकाे छ ।

बुधबार मुख्यमन्त्रीमा नियुक्त यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएकाे हाे।

उहाँसँगै बिना विभागीय मन्त्रीको रुपमा तीनजाले सपथ लिएका छन् ।

शपथ लिनेहरुमा नेकपा एमालेका संसदीय दलका नेता सरोज यादव, जसपाबाट सञ्जय यादव र जनमतबाट वसन्त कुशवाहा हुनुहुन्छ ।

यादवलाई हालसम्म ७२ सांसदको समर्थन छ । आफ्नै दल जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीको १३, लोसपाको ९, नेकपा माओवादी केन्द्रको ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १-१ र १ स्वतन्त्र प्रदेशसभा सदस्यले समर्थन गरेका हुन् ।