Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


कैलाली प्रशासनद्वारा चार क्रसर उद्योगलाई बन्द गर्न निर्देशन


78
Shares

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले नियम विपरीत सञ्चालनमा रहेका चार क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ ।

जिल्लामा अनुमति नलिई, कागजपत्र नभएका र अनुमति पाएको भन्दा अन्य प्रशोधन गरेका चार उद्योग बन्द गर्न प्रशासनले निर्देशन दिएको हो ।

कैलालीको गोदावरी नगरपालिकामा संचालित श्रीपुर विल्डर्स प्रा.लि. धनगढी उपमहानगरपालिकाको उच्चाकोटी आरएससी एण्ड ईन्जिनियर्स प्रा.लि. बेहडाबाबा प्रशोधन उधोग र गोदावरीको शिवशक्ति बालुवा प्रशोधन उद्योगलाई बन्द गर्न निर्देशन दिईएको जिल्ला प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताउनुभयो ।

श्रीपुर विल्डर्स प्रा.लि. मार्फत संचालित कालिका कन्सट्रक्सन कम्पनीको क्रसर अनुगमनका क्रममा पेश भएका कागजपत्रका आधारमा अनुमति लिएर सञ्चालनमा रहेको नदेखिएकोले बन्द गरिएको हो भने उच्चाकोटी आरएससी एण्ड ईन्जिनियर्स प्रा.लि. ले क्रसर तथा बालुवा प्रशोधन उद्योग र शिवशक्ति वालुवा प्रशोधन केन्द्रको दर्ता सम्बन्धी कुनै पनि कागजपत्र नभेटिएको तथा भ्याटमा समेत दर्ता नभई विना विल विजक कारोबार गरिरहेको भेटिएको थियो ।

यस्तै, बेहडाबाबा वालुवा प्रशोधन उद्योगले वालुवा प्रशोधन सम्बन्धी अनुमति लिएको तर, क्रसर समेत सञ्चालन गरेको पाईएकोले हाललाई सञ्चालनमा रोक लगाईएको प्रशासनले जनाएको छ ।