सरकारमै जाऊ भनेर जनताले मत दिएका रास्वपाका सांसदको दाबी « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


सरकारमै जाऊ भनेर जनताले मत दिएका रास्वपाका सांसदको दाबी


364
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले जनताले आफ्नो पार्टीलाई राजनीतिमा मात्रै नभएर सरकारमै जाऊ, र नेतृत्व गर भनेर पठाएको दाबी गर्नुभएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद परियारले राष्ट्रिय स्वतन्त्र पार्टी सन्तोष जनताको जनादेशअनुसार नै सरकारमा सहभागी भएको दाबी गर्नुभयो । सांसद् परियारले लोकतन्त्रलाई बलियो पार्नकै लागि आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताउनु भयो ।

उहाँले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त र अन्तरजातीय प्रेमका कारण ज्यान गुमाएका नवराज विकहरूले न्याय नपाएसम्म लोकतन्त्र संमृद्ध नहुने समेत बताउनु भयो । परियारले लोकतन्त्र समृद्ध पार्नकै लागि पार्टी अध्यक्ष रवि लामिछानेको नेतृत्वमा आफ्नो पार्टी सरकारमा गएको दाबी गर्नुभयो ।