२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


भारतमा भएको कराँते प्रतियोगितामा नेपाललाई सफलता


416
Shares

काठमाडौं । भारतको गुवाहाटीमा सम्पन्न पाँचौं दक्षिण एशियाली कराँते प्रतियोगितामा नेपालका खेलाडीहरुले ८ स्वर्ण पदक हात पारेका छन् ।

नेपालको बुद्दशक्ति कराँते डोजोबाट ११ जना खेलाडीहरु सहभागी भएका थिए । रामु सुनारको प्रशिक्षणमा गएका खेलाडीहरुले ८ स्वर्ण, ४ कास्य र ३ रजत पदक हासिल गरेका हुन् ।

नेपालका दिलसन पुन, सुशांक रास्कोटी, रामु सुनार, ताजेन्द्र घर्ती मगर र रबिना सुनारले स्वर्ण पदक जितेका हुन् ।