
एजेन्सी । रुसको मस्कोबाट भारतको गोवा आइरहेको विमानमा बम राखिएको जानकारी आएपछि साेमबार राति विमानलाई गुजरातको जामनगरमा आकस्मिक अवतरण गराइएको छ ।
गोवा विमानस्थलको एयर ट्राफिक कन्ट्रोलमा कसैले मस्कोबाट गोवा आइरहेको विमानमा बम रहेको जानकारी गराए लगत्तै विमानलाई नजिकैको विमानस्थल जामनगरमा आकस्मिक अवतरण गराइएको हो । विमान अवतरण गरे लगत्तै गुजरातका सुरक्षा अधिकारीहरुले विमानमा रहेका यात्रुहरु तथा उनीहरूका सरसामानको जाँच गरेका थिए ।
विमान पूरै खाली गराएर सुक्ष्म जाँच भइरहेको भारतीय अधिकारीहरुले बताएका छन् । विमानभित्र कुनै शंकास्पद वस्तु नरहेको निरक्याैल गरेपछि मात्रै विमानलाई गोवा पठाइने भएकाे छ । विमानमा २ सय ३६ जना यात्रु र ८ जना चालक दलका सदस्यहरु रहेका छन् ।
उता गोवा विमानस्थलमा समेत उच्च सुरक्षा प्रवन्ध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्