२०२५ सम्ममा ‘केजीएफ ३’ बन्ने,आउने भागमा यशलाई रिप्लेस गर्ने « Imagekhabar – Online News Portal of Nepal
१५ माघ २०७९, आईतवार | Sun Jan 29 2023


२०२५ सम्ममा ‘केजीएफ ३’ बन्ने,आउने भागमा यशलाई रिप्लेस गर्ने


4.589k
Shares

एजेन्सी । ‘केजीएफ’ बनाउने निर्माण कम्पनी होम्बले फिल्म्सले केजीएफको तेस्रो भाग २०२५ सम्म रिलिज गर्ने बताएका छन् ।

‘केजीएफ’ अभिनेता यशको जन्मदिन पारेर फ्रिल्मको प्रदर्शन मिति बाहिर ल्याएको हो । होम्बले फिल्म्सका संस्थापक विजय किरांगन्दुरले केजीएफको तेस्रो भाग २०२५ सम्ममा रिलिज गर्ने बताएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार यतिबेला फिल्मका निर्देशक प्रशान्त नील फिल्म ‘सालार’को निर्माणमा व्यस्त छन्, त्यसपछि उनले ‘केजीएफ ३’ को काम सुरु गर्नेछन् । विजयले केजीएफलाई पाँच भागमा बनाउने र पाँचौं भागपछि मुख्य नायकलाई रिप्लेस गर्ने सम्भावना पनि रहेको बताएका छन् ।

आगामी दिनमा यशबाहेक अरु कोही फिल्मको मुख्य नायक रकी भाइको भूमिकामा देखिने पनि विजयले बताए । ‘जेम्स बन्ड’ सिरिजमा जसरी मुख्य नायक परिवर्तन भइरहन्छ, त्यसैगरी पाँचौ भागपछि अर्को कलाकार रकी भाइको भूमिकामा देखिन सक्ने उनको भनाइ छ ।

यशले केजीएफ गर्नुअघि ९ वटा फिल्ममा काम गरिसकेका थिए । तर, सन् २०१८ को फिल्म केजीएफबाट उनले वास्तविक पहिचान पाएका थिए । यही फिल्मले उनलाई सुपरस्टार बनायो । उनको चरित्र रकी भाइले दर्शकको मनमा राज गर्न थाल्यो । फिल्मले २५० करोड भारतीय रुपैयाँको कमाई गरेको थियो । यो फिल्मसँगै दक्षिण भारतीय फिल्मले देशभर पहिचान पायो ।

यसपछि सन् २०२२ मा आएको ‘केजीएफ च्याप्टर-२’ ले यशलाई विश्वव्यापी लोकप्रियता दिलायो। १ सय करोड भारतीय रुपैयाँमा बनेको यो फिल्मले विश्वभर १ हजार २ सय करोड भारतीय रुपैयाँको कमाई गरेको थियो । यो फिलम भारतको विश्वभर सबैभन्दा धेरै कमाउने फिल्महरूमा तेस्रो नम्बरमा र भारतमा सबैभन्दा धेरै कमाउने दोस्रो नम्बरमा छ ।