१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


‘नेताहरू संसदीय खेलमा सरकार गठन र विघटनको खेलमा लाग्न हुन्न’


104
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्वका लागि काम गर्नुपर्ने बताउनु भएकाे छ ।

संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले सांसद र नेताले गोटी चाल्न समय बिताउँदा काम गर्न नसकिने बताउनु भयाे ।

उहाँले नेताहरू संसदीय खेलमा सरकार गठन र विघटनको खेलमा लाग्न नहुने बताउनु भयाे ।

नयाँ राजनीतिक दलहरूको उदयले पनि जनताले स्थिरता र विकास चाहेको देखिएको ओलीको भनाइ थियो ।

जनताले सरकारमा परिवर्तन खोजेकाले संसद्‌मा नयाँ दल र नयाँ सांसदहरूको उपस्थिति रहेको उहाँले बताउनु भयाे ।

प्रधानमन्त्री र मन्त्री बन्नका लागि बन्न नहुने जनताको काम गर्नका लागि हुनुपर्ने ओलीको भनाइ थियो । उनले सांसदहरू पनि बन्नका लागि नभई काम गर्नका लागि जिम्मेवारी प्राप्त भएको बुझ्नुपर्ने धारणा राखे ।