Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


विश्वविद्यालयको उपकुलपति नियुक्तिमा प्रधानमन्त्री शाहले हस्तक्षेप गरेकाे एमालेकाे आराेप


26
Shares

काठमाडाैं । प्रतिपक्ष दल नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले विश्वविद्यालयहरुको उपकुलपति नियुक्तिमा कुलपतिले गर्ने हस्तक्षेप गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा बाेल्दै उहाँले यस्ताे आपत्ति जनाउनुभएको हाे । सरकारले हालै ल्याएको विश्वविद्यालयका उपकुलपतिहरुको छनाेट र सिफारिसको सन्दर्भमा ल्याएको एकीकृत कार्यविधि, २०८३ मा विश्वविद्यालयको कुलपति रहेका प्रधानमन्त्रीको हस्तक्षेपमा उपकूलपतिहरु निर्णय गर्ने हस्तक्षेपकारी प्रबन्ध गरेकोप्रति आपत्ति जनाउनुभयाे । उक्त कार्यविधि अनुसार उपकूलपतिहरु विश्वविद्यालयमा नियुक्ति हुने हो भने मुलुकको शैक्षिक क्षेत्रमा ठूलो विष्फोट हुने सांसद बरालको चेतावनी छ ।

सरकारले सुशासनलाई गम्भिर उल्लंघन गर्दै एक पछि अर्को निर्णय गर्दै आएको भन्दै
सांसद बरालले आक्रोस व्यक्त गर्नुभयो ।