२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने सत्ता साझेदार दलको बैठक निर्णय


494
Shares

काठमाडौं । सत्तारुढ राजनीतिक दलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रतिनिधिसभाका सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनको बैठकमा सबै राजनीतिक दललाई विश्वासको मत दिन आह्वान गर्ने निर्णय भएको हो ।

त्यस्तै सरकार सञ्चालनका लागि साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने निणर्य भएको छ। न्यूनतम साझा कार्यक्रमलाई छिटै औपचारिक रूपमा सार्वजनिक गरिने बतायएको छ ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्दने, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सहभागी थिए ।