मेनपावर कम्पनीमा विभागको छापा : सञ्चालक फरार, चार कर्मचारी पक्राउ « Imagekhabar – Online News Portal of Nepal
२२ माघ २०७९, आईतवार | Sun Feb 5 2023


मेनपावर कम्पनीमा विभागको छापा : सञ्चालक फरार, चार कर्मचारी पक्राउ


2.86k
Shares

काठमाडाैं । काठमाडौं । वैदेशिक रोजगार विभागले काठमाडौं महानगरपालिका–३, बाँसबारीमा रहेको एक संस्थामा छापा मारेको छ ।

‘सी स्टार सिपिङ सर्भिस एण्ड ट्रेनिङ सेन्टर’ नामक संस्थाको कार्यालयमा विभागले छापा मारेको हो । छापा मारेर ९९७ थान पासपोर्ट बरामद गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार मलेसिया, मकाउ, लिथोनिया लगायतका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै उक्त संस्थाले १ लाखदेखि ५ लाख रूपैयाँसम्म पैसा असुलेकाे छ ।

विभागका महानिर्देशक उमाकान्त आचार्यले संस्थाका सञ्चालक भनिएका ४४ वर्षीय लालबहादुर लामा र सीईओ रोशन न्यौपाने विगत १५ दिनदेखि सम्पर्क बिहीन रहेकाे बताउनु भयाे ।

उक्त संस्थामा कार्यरत ४ जना कर्मचारीलाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेका चारै जनालाई बानेश्वर प्रहरी वृत्तमा राखिएको छ ।

वैदेशिक रोजगार विभागमा दर्ता समेत नरहेकोउक्त संस्थाले विभिन्न मुलुकमा आकर्षक रोजगारीको प्रलोभन देखाई लाखौं रकम समेत असुल गरिरहेको भन्ने विशेष सूचनाको आधारमा विभागको अनुगमन टोली नेपाल प्रहरीको सहयोगमा पुगेको थियो । सोही क्रममा चेकजाँच गर्दा अवधै रूपमा राखिएका ९९७ थान पासपोर्ट तथा कागजात नियन्त्रणमा लिइएको विभागले जनाएकाे छ ।