
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाको सुक्रबारेमा नेपाल रेडक्रस सोसाईटी उपशाखा सुक्रबारेको सभापतिमा पुनः डिकबहादुर ठकुरी निर्विरोध निर्वाचित हुनुभएकाे छ ।
आइतबार सम्पन्न ७औँ अधिबेशनले ठकुरीसहित ११ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित हुनुभएकाे हाे ।
कार्यसमितिमा क्रमश: निर्मला खनाल, शुसिलकुमार कार्की, राजकुमार पन्त, लोकेन्द्र खड्का र पदम प्रसाद फुयाल महिला उपसभापति, सचिव,कोषाध्यक्ष, उपसचिव, उपकोषाध्यक्ष निर्वाचित भएका छन् ।
त्यस्तै लक्ष्मी ठकुरी, खमान सिं कार्की,फणिन्द्र भट्टराई,सुमन खुलाल र दुर्गा खतिवडा सदस्य पदमा निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्