काठमाडौं आइपुगे चिनियाँ राजदूत छन सोङ « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


काठमाडौं आइपुगे चिनियाँ राजदूत छन सोङ


234
Shares

काठमाडौं । नेपालका लागि चीनका नवनियुक्त राजदूत छन सोङ काठमाडौं आईपुग्नुभएको छ ।

नवनियुक्त राजदूत सोङ आइतबार बिहान काठमाडौं आईपुग्नुभएको हो ।

सोङलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनलगायत चिनियाँ दूतावासका अधिकारीहरू पुगेका थिए ।

होउ यान्छीलाई नेपालबाट फिर्ता गरेपछि चीन सरकारले गत डिसेम्बर २७ मा सोङलाई नयाँ राजदूत नियुक्त गरेको थियो ।

चीनको विदेश मन्त्रालयमा एशियाली मामिला हेर्ने सोङ दक्षिण एशिया विज्ञ मानिन्छन् ।