आजदेखि विराटनगर र जनकपुरबाट श्रम स्वीकृति लिन सकिने « Imagekhabar – Online News Portal of Nepal
२२ माघ २०७९, आईतवार | Sun Feb 5 2023


आजदेखि विराटनगर र जनकपुरबाट श्रम स्वीकृति लिन सकिने


182
Shares

काठमाडौं । मधेश प्रदेशको राजधानी जनकपुर र प्रदेश १ को राजधानी विराटनगरबाट आइतबारदेखि श्रम स्वीकृति लिन सकिने भएको छ ।

मन्त्रिपरिषद्ले यही पुस ११ गते गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा आइतबारदेखि जनकपुर र विराटनगरबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि, काठमाडौं, पोखरा र भैरहवाबाट मात्र श्रम स्वीकृति लिन सकिने व्यवस्था थियो । बाँकी दुई प्रदेश कर्णाली र सुदुपश्चिमबाट पनि छिट्टै श्रम स्वीकृति दिने व्यवस्था हुँदैछ । कर्णालीको राजधानी सुर्खेत र सुदुपश्चिमको राजधानी धनगढीबाट श्रम स्वीकृति दिने व्यवस्था मिलाउन अहिले प्राविधिक तथा भौतिक तयारी भईरहेको छ ।

यसअघि प्रदेशहरूबाटै श्रम स्वीकृति लिन नसकिने अवस्थाका कारण नागरिकले सास्ती पाउँदै आएका थिए । वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित तुल्याउने प्रधानमन्त्रीको सोचअनुसार श्रम स्वीकृतिका लागि कार्यालय विस्तार गरिएको हो ।