२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


‘ओलीले आफ्नो स्वार्थ पुरा गरेपछि प्रचण्डलाई धोका दिन्छन्’


741
Shares

काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं भारतका लागि पूर्वराजदुत दिपकुमार उपाध्यायले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थ पुरा गरेपछि प्रचण्डलाई धोका दिने ठोकुवा गर्नुभएको छ ।

बुटवलमा आयाेजित एक कार्यक्रममा उपाध्यायले एमालले राष्ट्रपति र सभामुख लगायतका महत्वपूर्ण पदलाई प्राप्त गर्नका लागि विश्वासको मत दिने र त्यसपछि साथ छोड्ने दाबी गर्नुभयो ।

उहाँले भर्खरै सम्पन्न निर्वाचनले मुलुककै पुरानो दल कांग्रेससहित अन्य दलहरु समेत कमजोर बनेको भन्दै समयमा नै सचेत भएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।