
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरस्थित मदन पुस्तकालय र पिम्बाहल पोखरी अवलोकन गर्नुभएको छ ।शनिबार राष्ट्रपति भण्डारी शीतल निवासबाट साझा यातायातको विद्युतीय बस चढेर पाटन पुग्नुभएको हो ।
उहाँलाई शीतल निवासबाट स्कर्टिङ गरेर मदन पुस्तकालय पुर्याइएको हो। पाटन बसपार्कमा राष्ट्रपति भण्डारीलाई ललितपुरका मेयर चिरिबाबु महर्जनले स्वागत गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले पुस्तकालयमा रहेको हस्तलिखित स्वस्थानी व्रतकथा लगाएतका पुस्तकको अध्यन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले पुस्ताकालयको भ्रमणपछि उहाँ केही दूरी पर रहेको पिम्बाहल पोखरीमा हिँडेर जानुभएको हो ।
पिम्बहामा उहाँले नेवारी भोजन ग्रहणसँगै पिम्बहाः पुखुको इतिहासका बारेमा जानकारी लिनुभएको थियो । पुस्तकालय र पिम्बहाः पुखुको अवलोकनपश्चात् पुनः राष्ट्रपति भण्डारी साझाको विद्युतीय बसमा शीतल निवास फर्किनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्