Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


संघीय संसद अन्तर्गत प्रतिनिधिसभाकाे बैठक आज पनि बस्दै (सम्भावित-कार्यसूचीसहित)


0
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाकाे बैठक बुधबार पनि बस्ने भएकाे छ।

संसद सचिवालयले सिंहदरबारमा बुधबार बिहान ११ बजेदेखि शुरू हुने जनाएकाे हाे । बैठकमा विभिन्न संवैधानिक आयोगका प्रतिवेदनहरू पेश गर्नेदेखि नयाँ विधेयक र अन्तर्राष्ट्रिय महासन्धिहरूमाथि छलफल हुने कार्यसूची रहेको छ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तीन वटा महत्त्वपूर्ण वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची रहेकाे हाे। मन्त्री गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन सदनसमक्ष प्रस्तुत गर्नुहुने भएकाे छ।

त्यस्तै, व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। साथै युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठनसँग सम्बन्धित दुई विषयहरू पेश गर्नुहुने भएकाे सचिवालयले जनाएकाे हाे ।

Skip This