
काठमाडौं । अर्थ सचिव तोयम राया र राजश्व सचिव डा. रामप्रसाद घिमिरेले शुक्रबारबाट अर्थमन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रवार सिहंदरबारस्थित अर्थ मन्त्रालयमा नयाँ सचिव द्वय राया र घिमिरेलाई एक कार्यक्रमबीच स्वागत गर्नुभएको हो ।
साथै मन्त्री पौडेलले यसअघि मन्त्रालयको कार्यभार सम्हाल्दै आउनुभएका सचिवद्वय कृष्णहरि पुष्कर र राजश्व सचिव रामेश्वर दंगाललाई पनि बिदाई गर्नुभयो ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयमा नयाँ जिम्मेवारीसहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रायालाई अर्थसचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घिमिरेलाई राजश्व सचिवमा सरुवा गरेको थियो ।
सरकारले अर्थसचिव पुस्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र राजश्व सचिव दंगाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवमा सरुवा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्