
काठमाडाैं । गत मङ्सिर ४ गते भएको निर्वाचनपछि बागमती प्रदेश सभाको दोश्रो कार्यकालको आज बाट बैठक सुरु भएको छ। आजको बैठक जेष्ठ सभासद राम प्रसाद ढुंगानाको अध्यक्षतामा सञ्चालन भएको थियो।
आजको बैठकमा बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात राजनैतिक दलहरुका संसदीय दलका नेताहरुले शुभकामना दिनुभयो। आजको बैठकमा बागमती प्रदेश सरकारको तर्फबाट पाँच वटा अध्यादेशहरु पेस गरिएको छ।
उक्त अध्यादेशहरुमा प्रदेश निजामति सेवा गठन, सञ्चालन र सेवा शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९,स्थानीय तहको सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९ ,प्रदेश कृषि विकाश सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७ र प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धमा बनेको अध्यादेशहरु रहेका छन्।
यो समाचार तयार पार्दा सम्म बागमती प्रदेशको सभा सञ्चालन भैरहेको छ। आजको बैठकको कार्यसूचीहरुमा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने माननीय सदस्यको मनोनयन गर्ने र आजको बैठकको अध्यक्षता गर्ने जेष्ठ सभासद राम प्रसाद ढुंगानाले माननीय सभामुख तथा उपसभामुखको निर्वाचन मिति पुषको २९ गते गर्ने निर्णय गर्नुभएको र निर्वाचन कार्यक्रम सम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्