२१ फाल्गुन २०८०, सोमबार | Mon Mar 4 2024


ब्राजिलकाे राष्ट्रपतिमा लुइज इनासियो लुला दा सिल्भा


91
Shares

काठमाडौं । ब्राजिलको राष्ट्रपतिमा निर्वाचित लुइज इनासियो लुला दा सिल्भाले आइतबार पद तथा गोपनियताको सपथ ग्रहण लिनुभएको छ ।

तेस्रो पटक राष्ट्रपति बन्नुभएका सिल्भाले आइतबारैबाट आफ्नो कार्यभार समाल्नुभएको हाे । सन् २००३ र सन् २०१० मा पनि देशको बागडोर सम्हाल्नु भएका सिल्भा गत अक्टोबरमा भएको निर्वाचनमा निवर्तमान राष्ट्रपति जैर बोल्सोनारोलाई पारजित गर्दै पुनः राष्ट्रपति बन्नुभएको हो । शपथ ग्रहण लगत्तै देशवासीका नाममा सम्बोधन गर्दै उहाँले भग्नावशेषमा परिणत ब्राजिललाई पुननिर्माण गर्ने बचन दिंदै ब्राजिलका जनतालाई आफूमाथि भरोसा गर्न अपील गर्नुभएको छ ।

साथै उहाँले पूर्वराष्ट्रपति बोल्सोनारोको कोभिड नीतिको विरोध गर्दै ब्राजिलको जनताको नरसंहार मच्चाएको आरोप समेत लगाउनुभयो । यसैबीच निवर्तमान राष्ट्रपति बोल्सोनारो भने अमेरिका पलायन हुनुभएको छ । ब्राजिलमा सत्ता फेरिएसँगै आफूमाथि राजनीतिक प्रतिसोध साँध्न सकिने डरले बोल्सोनारोले देश छाड्नुभएको अनुमान गरिएको छ ।