Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


मंसिरमा ७७ प्रतिशत घट्यो वैदेशिक लगानी


0
Shares

काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का क्षेत्रमा चालू आर्थिक वर्षको सुरूवातदेखि नै चरम मन्दी देखिए पनि कात्तिक महिनाको तथ्यांकले सुधारको संकेत गरेको थियो ।

साउनदेखि असोजसम्मका तीन महिनाको भन्दा कात्तिकमा उद्योग दर्ता संख्या र लगानी प्रतिबद्धता बढी थियो । तर, यो उत्साह एक महिना पनि टिक्न सकेन । मंसिरको तथ्यांक सार्वजनिक हुँदा वैदेशिक लगानीको क्षेत्रमा अझै मन्दी हट्न नसकेको देखिएको छ ।

उद्योग विभागका अनुसार मंसिरमा १६ वटामात्र विदेशी लगानी स्वीकृत भएका छन्, जसमा ८४ करोड ९० लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । कात्तिक महिनाको तुलनामा लगानी प्रतिबद्धतामा २ अर्ब ८१ करोडले कमी आएको छ ।

विभागका अनुसार कात्तिकको तुलनामा मंसिर महिनामा ७६.७१ प्रतिशतले दगानी प्रतिबद्धतामा कमी आएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।