
मस्को, असार ३ । रुसमा जारी विश्वकप फुटबलमा सर्बियाले विजयी सुरुवात गरेको छ ।
समूह ‘ई’ को खेलमा सर्बियाले कोष्टारिकालाई १–० ले हरायो । खेलको ५७ औं मिनेटमा एलेक्सान्दर कोलारोभले गोल गर्दै सर्बियालाई जिताए ।
खेलमा सर्बियाले गोलका लागि ४ तथा कोष्टारिकाले तीनवटा प्रहार गरेको थियो ।
खेल सकिएपछि दुई देशका खेलाडीबीच हात हालाहाल समेत भएको थियो ।
प्रतिक्रिया दिनुहोस्