Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलनकाे घोषणा


3.1k
Shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आन्दोलनकाे घोषणा गरेकाे छ ।

विप्लव समुहले मुलुकी अपराध संहिता ऐन संशोधन गर्न सरकारले ल्याएको अध्यादेश रोक्ने षडयन्त्र भएको भन्दै संघर्षका कार्यक्रम घोषणा गरेको हाे।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको सहमति कार्यान्वयन गर्न चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको हो ।

नेकपाले पुस १ गते देशव्यापी विरोध प्रदर्शन गर्ने, २ गते देशभर कोणसभा, ३ गते जिल्ला सदरमुकाम र मुख्य शहरमा अन्तरक्रिया, ४ गते साँझ देशभर मसाल जुलुस प्रदर्शन र ५ गते बिहान १० बजेदेखि ११ बजेसम्म १ घण्टा चक्काजाम गर्ने बताएको छ ।