Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


संघीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको मुख्यमन्त्री केसीको दाबी


143
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफू नेतृत्वको प्रदेश सरकारले संघीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको दाबी गर्नु भएको छ ।

लुम्बिनी प्रदेश कार्यालय बुटवलले लालमटियास्थित मुख्यमन्त्री कार्यालयका आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले यस्तो भनाई राख्नु भएको हो ।

मुख्यमन्त्री केसीले प्रदेशको राजधानी सार्ने अघिल्लो प्रदेश सरकारको निर्णय आफूले कार्यान्वयन गर्न सफल भएको पनि स्पष्ट पार्नु भयो ।

आफू नेतृत्वको प्रदेश सरकारले प्रदेश भित्र रहेका सबै जिल्लालाई जोडने गरी १३ सय किलो मिटर पहाडी मार्ग सम्पन्न गरेको, लुम्बिनी प्रादेशिक विशेषज्ञ अस्पताल तथा लुम्बिनी प्रादेशिक विश्वविद्यालय स्थापना गरेर संघीय शासन व्यवस्थालाई बलियो बनाउने दायित्व पूरा गरेको उहाँको भनाई थियो ।

मुख्यमन्त्री केसीले प्रदेशसभा भवन निर्माणको काम पनि सकिएको र आगामी प्रदेशसभाको बैठक पनि देउखुरीमा गरिने बताउनुभयो । उहाँले केही दिन भित्रै मन्त्रालयहरुका सबै काम पनि राजधानी देउखुरीबाटै हुने बताउनुभयो ।

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजधानी सबैलाई पायक पर्ने भएकाले दाङको देउखुरीलाई चयन गरिएको पटकपटक दोहार्‍याउनु भयो ।