Logo १ बैशाख २०८३, मंगलबार | Wed Apr 15 2026


स्कटल्याण्डको लकर्बीमा बम काण्डका अभियुक्त अमेरिकी जेलमा


26
Shares

काठमाडौं । ३४ वर्षअघि स्कटल्याण्डको लकर्बीको आकाशमा उडिरहेको विमानमा आतंकवादीहरूले विष्फोट गराएका थिए ।

साेही विमानमा विष्फोट गराउने आतंकवादीहरू मध्येका एक जना अभियुक्त अमेरिकी कारागारमा रहेको खुलासा भएको हाे। गत महिना लिबियाबाट अपहरणमा परेको भनिएका अभियुक्त अबु एगिला मासुद अमेरिकाको न्यायिक हिरासतमा रहेको स्कटल्याण्डले पुष्टी गरेको हो । मासुदलाई अदालती सुनुवाईका लागि लिबियाबाट गोप्य रुपमा अमेरिका पुर्याईएको हो ।

सन् १९८८ को डिसेम्बर २१ मा पान अमेरिकी एयरलाईन्सको एउटा यात्रुबाहक विमानलाई आतंकवादीहरुले आकाशमै विष्फोट गराएर ध्वस्त पारेका थिए । अमेरिकाको न्युयोर्कबाट बेलायतको राजधानी लन्डनतर्फ उडिरहेको वोइङ सेभेन फोर सेभेन विमानमा गराईएको विष्फोटबाट विमानमा सवार २ सय ५९ जना यात्रु तथा चालक दलका सदस्यको मृत्यु भएको थियो । आकाशमा विष्फोट भएको विमानका टुक्राहरु घरहरुमाथि खस्दा स्कटल्याण्डको लबर्की शहरमा पनि ११ जनाको मृत्यु भएकाे थियो ।

दुई वर्षअघि अमेरिकाले अबु एगिला मासुदलाई उक्त घटनामा प्रयोग गरिएको बम बनाउन प्रमुख भूमिका निभाएको अभियोग लगाएको थियो । आक्रमणका लागि उक्साउने लिबियाका पूर्वशासक कर्णेल गद्दाफीको मृत्यु भईसकेको छ । अर्का एक अभियुक्तको पनि स्कटल्याण्डमा जेल जीवनपछि क्यान्सरका कारण मृत्यु भईसकेको छ ।