 
	    काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गर्ने निर्णय गरेको छ ।
माघ १ गते देखि सञ्चालनमा आउने गरी छुट्टै महाशाखा स्थापना गरिने केन्द्रीय बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार सो महाशाखाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्नेछ ।
यसअघि सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सबै काम राष्ट्र बैंकमा रहेको ‘फाइनान्सियल इन्टेलिजेन्स युनिट (एफआईयू)’ मार्फत हुँदै आएको थियो । अब उक्त काम सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निरीक्षण तथा सुपरिवेक्षण महाशाखाबाट पनि हुने राष्ट्र बैंकले जनाएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्