Logo १ बैशाख २०८३, मंगलबार | Wed Apr 15 2026


फ्लुबाट अमेरिकामा ७ हजार ३ सयको मृत्यु


377
Shares

काठमाडाैं । संयुक्त राज्य अमेरिकामा डिसेम्बर ३ सम्ममा हप्तामा २५ हाजरभन्दा बढी मानिसहरू फ्लूका कारण अस्पतालमा भर्ना भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रद्वारा शुक्रबार जारी गरिएको तथ्याङ्कले देखाएको छ।

मौसमी इन्फ्लुएन्जा गतिविधि देशभर उच्च रहेको पनि केन्द्रले जनाएको छ ।

यस याममा संयुक्त राज्य अमेरिकामा हालसम्म फ्लुबाट कम्तिमा १ करोड ३० लाख बिरामी भएको र एक लाख २० हाजर अस्पताल भर्ना भएका छन् भने सात हजार ३०० जनाको मृत्यु भएको केन्द्रले जनाएको छ।