सिताराम र कुञ्जनाले दिए छोरीलाई गुन्यू चोलो « Imagekhabar – Online News Portal of Nepal
२२ माघ २०७९, आईतवार | Sun Feb 5 2023


सिताराम र कुञ्जनाले दिए छोरीलाई गुन्यू चोलो


6.422k
Shares

काठमाडौं । हास्यकलाकारिताका चर्चित जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले छोरीलाई गुन्यू चोलो लगाइदिएका छन् ।

छोरी सुबिहानी कट्टेललाई गुन्यू चोलो लगाइदिएको तस्वीर कुञ्जनाले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेकी हुन् ।

बिहीबार सार्वजनिक गरिएकाे उक्त तस्वीरमा सिताराम, कुञ्जना र छाेरी सुबिहानी निकै खुशी देखिएका छन् ।

सिताराम र कुञ्जनाको एक मात्र सन्तानको रुपमा रहेकी सुबिहानी ९ वर्षकी भएकी छन् ।