जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Thu Feb 2 2023


जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ


624
Shares

काठमाडाैं । काठमाडौं महानगरपालिका-१६ पकनाजोलमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका छन् ।

सुरज तामाङले सञ्चालन गरेको काठमाडौं भिल्ला एण्ड बारको पहिलो तलाको अपार्टमेन्टभित्र जुवातास खेलिरहेको अवस्थामा काभ्रे पाँचखाल नगरपालिका-८ घर भएकी २९ वर्षीया सोनु तामाङसमेत ९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हाे।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ६ सय रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।