‘द भ्वाइस’को अमेरिकी संस्करणबाट बाहिरिइन् परिजिता « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Thu Feb 2 2023


‘द भ्वाइस’को अमेरिकी संस्करणबाट बाहिरिइन् परिजिता


858
Shares

काठमाडौं । अमेरिकी संस्करणको टिभी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम आठबाट नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला बाहिरिएकी छन्

सोमबार अर्थात डिसेम्बर ५ का दिन सशक्त प्रस्तुति गरेकी परिजिता सेमिफाइनलबाट बाहिरिएकी हुन् । मंगलबार राति अर्थात नेपाली समयानुसार बुधबार बिहान भएको घोषणामा उनी बाहिरिएका छन् ।

सेमिफाइनलसम्म उत्कृष्ट प्रस्तुति दिएकी परिजिताले कम भोटका कारण फाइनल यात्रा तय गर्न सकिनन् ।

एकपछि अर्को चरणमा राम्रो प्रस्तुति दिँदै आएकी परिजिता कोच जोन लिजेन्डको समूहमा थिइन् ।