धनगढी । नेपाल सरकारको प्राथामिकता प्रप्त धनगढी दिपायल द्रुतमार्गको काम रोकिएको छ ।
चालू आर्थिक वर्षका लागि बजेट विनियोजन नभएपछि ठेक्का लागेर आधा काम भइसकेकाे खण्डको काम रोकिएको हो ।धनगढी दिपायल द्रुतमार्ग आयोजना कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७९/०८० का लागि नेपाल सरकारले आयोजनाको पूँजीगत शीर्षकमा बजेट विनियोजन नगरेपछि ठेकेदार कम्पनीले काम रोकेको हो ।
सो मार्ग अन्तर्गत धनगढी स्याउले १३.४ किलोमिटर, स्याउले हाटखोली ६.५ किलोमिटर र दिपायलदेखि धागढीतर्फ १५ किलोमिटर ठेक्का लगाएर कालोपत्रे गर्ने कार्य भइरहेको थियो । तर बजेट विनियोजन नभएपछि निर्माण कम्पनीलाई आयोजना कार्यालयले रकम भुक्तानी गर्न नसक्दा निर्माण कम्पनीहरूले काम रोकेका हुन् ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्