Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


मेचीनगरको हडियाँ सिँचाई आयोजना मर्मत नहुँदा सयौं हेक्टर जमिन बाँझै


65
Shares

झापा । मेचीनगरको हडियाँ रेगुलेटर सिँचाइ आयोजनाको भत्किएको मुहान ममर्त नहुँदा चार सय हेक्टर जमिन बाँझै रहेको छ ।

चार वर्षअघि एसियाली विकास बैंकको पाँच करोड २२ लाख रुपैयाको लागतमा हडियाँ खोलाबाट बनेको सिँचाइ आयोजनाको मुहान भत्किएकोमा मर्मत नगर्दा पाँच सय किसानको झण्डै चार सय हेक्टर जमिन बाँझो बन्न पुगेको हो ।

गत वर्ष आएको बेमौसमी बाढीले आयोजनाको मुहान भत्काएको थियो ।

वडा नम्बर १४ का निवर्तमान अध्यक्ष शंकर पोखरेलले नगरपालिका र डिभिजन सिँचाइ कार्यालय भद्रपुरले तत्काल परियोजना मर्मतका लागि प्रदेश सरकारसँग बजेट माग गरेका थिए ।

प्रदेश सरकारले बजेट व्यवस्थापन गर्न नसक्दा परियोजनाको मर्मत अझै हुन नसकेको उहाँको भनाई छ । मर्मतका लागि झण्डै एक करोड रुपैया लाग्ने बताइएको छ ।