सुकुमबासी व्यवस्थापनबारे समिति गठन « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Wed Feb 1 2023


सुकुमबासी व्यवस्थापनबारे समिति गठन


29.094k
Shares

काठमाडौं । शहरी विकास मन्त्रालयले सुकुमबासी व्यवस्थापनबारे अध्ययन गरी प्रतिवेदन बुझाउन समिति गठन गरेको छ ।

मन्त्रालयले आइतबार नदी किनारका अव्यवस्थित बसोबासीबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकिर्ण तुलाधरको संयोजकत्वमा समिति पनि गठन गरेको हो ।

समितिको सदस्यमा काठमाडौं उपत्यका विकास प्राधिकरणका सीडीई जगदीश लामिछाने,काठमाडौं महानगरपालिकाका प्रतिनिधि, अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर कमल अर्याल र मन्त्रालयका उपसचिव जीवनराज सेढाईं रहनुभएको छ ।

अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले वागमती नदी, सहायक नदी तथा उपसहायक नदी करिडोर खाली गराउन लागिरहेको बेला शहरी विकास मन्त्री मेटमणि चौधरीले आइतबार सम्वद्ध निकायका प्रतिनिधिसँग छलफल गर्नुभएको छ । मन्त्री चौधरीले सरोकारवाला निकाय सम्वद्ध प्रतिनिधिसँग छलफल गरेपछि मन्त्रीको निर्देशनमा समिति गठन गरिएको हो ।

दुई दिनअघि मन्त्री चौधरी सुकुमबासीका लागि चंगुनारायणमा बनाइएको सरकारी भवन निरीक्षण गर्नुभएको थियो ।