६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


गोकुल बास्कोटाको घरमा फेला परेको शंकास्पद वस्तु निस्क्रिय पारियो


1.443k
Shares

काठमाडौं । नेकपा एमालेका नेता एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाको भक्तपुरको लोकन्थलीस्थित घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निस्क्रिय बनाएको छ ।

आइतबार बिहानै बास्कोटाको घर परिसरमा शंकास्पद वस्तु भेटिएको सूचना पाएपछि प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो ।

तारले बेरिएको प्रेसर कुकर फेला परेकोमा सेनाको टोलीले डिस्पोज गरेको हो । सेनाले निस्क्रिय बनाएको शंकास्पद वस्तु बम भने नभएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

बास्कोटाको घरमा उहाँ संचारमन्त्री रहेकै बेला २०७६ फागुनमा बम विष्फोट भएको थियो । हालै सम्पन्न निर्वाचनमा काभ्रे–२ बाट प्रतिनिधि सभामा निर्वाचित बास्कोटा भने हाल काभ्रेमै रहनु भएको छ ।