
स्थानीय सरकारले गाँउमा कामकाजका बडघर (मुखिया) प्रणालीलाई मान्यता दिएपनि अन्य सरकारी निकायले उपेक्षा गर्दा गाँउका साना मुद्दाहरुको समाधान हुन नसकेको बडघर समुदायले गुनासो गरेका छन् ।
गाउँका साना समस्याहरु पनि ठूला बन्ने र समयमा समस्याको समाधान हुन नसक्दा यतिबेला वर्षौंदेखि चल्दै आएको बडघर समुदायहरु चिन्तित भएका हुन् । उनीहरुले स्थानीय सरकारले गाँउमा कामकाजका बडघर (मुखिया) प्रणालीलाई मान्यता दिएपनि अन्य सरकारी निकायहरुले त्यसको पालना नगर्दा बडघर ऐन बनाएको अर्थ नभएको अनुभुति भएको बडघर समुदायका अगुवा बताउँछन् ।
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले बडघर ऐन बनाएर कार्यन्वयनमा ल्याएर काम काज सुरू गरेको छ । स्थानीय सरकारले बडघर प्रथालाई मन्यता दिएपनि केन्द्र सरकारले मन्यता दिएको छैन । जसरकारण सरकारी निकायहरुले नै स्थानीय तहले बनाएको नियमको पालना नगर्दा कतिपय साना समस्यासमेत ठूला बन्ने गरेको बारबर्दिया नगरपालिका, बर्दियाका बडघर सञ्जालका सचिव लक्ष्मीप्रसाद थारू बताउनु हुन्छ ।
उहाँले प्रतिनिधि र प्रदेश सभाका प्रतिनिधिहरूले बडघर ऐनलाई केन्द्रदेखि संविधानमा लागू गराउन सके कामकाजमा सहज हुने बताउनु भयो । बडघर प्रथालाई गाँउका मानिसहरूले सबैभन्दा सजिलो उपायको रूपमा लिने गरे पनि केन्द्रदेखि कार्यान्वयन नभएको कारणले बडघरहरूले कतिपय निर्णय लिन अलमलमा परेकोसमेत सचिव थारूले बताउनु भयो ।
बडघर सञ्जल विस्तार गर्नका लागि कैलालीदेखि दाङसम्म संगठन बनाएर केन्द्रबाट नै नियम लागू गराउन प्रतिनिधि र प्रदेश सभामा विजयी उम्मेदवारहरुलाई दबाब दिने बतउनु भयो ।
त्यस्तै बढैया ताल गाँउपालिका, बर्दियाका बडघर सञ्जालका संयोजक परशुराम थारुले बडघर प्रथालाई संरक्षण र संवर्द्धन गर्न केन्द्रबाट निर्णयको कार्यान्वयन गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने बताउनु भयो ।
उहाँले सरकारले संविधानमै लागू गरे बडघरहरूलाई कुनै पनि निर्णय गर्दा सहज हुने संयोजक थारूले बताउनु भयो । बडघर प्रथा गाँउघरमा नितान्त अवश्यक रहेकोसमेत संयोजक थारूको भनाइ थियो ।
त्यसैगरी बडघर सञ्जाल, बाँसगढी नगरपालिका बर्दियाका संयोजक हरिप्रसाद थारुले गाउँ, समुदायका कामहरूलाई छिटो र सहज तरिकाले सम्पादन गर्नका लागि बडघर प्रथालाई केन्द्रबाट नै कार्यन्वयनमा ल्याउन जरूरी रहेको बताउनु भयो । उहाँले स्थानीय सरकारले बडघरको मान्यता दिए पनि अन्य सरकारी निकायहरुले भने बर्घरले गरेका निर्णयको उपेक्षा गरेको बताउनु भयो ।
थारू सामुदायमा बडघर प्रथा पुस्तौँदेखि चल्दै आएको छ । थारू समुदायका मानिसहरूले गाँउमा कुनै किसिमको विवाद वा झगडा भए पहिला बडघरको राय लिने र आवश्यक परेपछि मात्र प्रशासनको सहयता लिने गर्दछन् । तर कतिपय मुद्दालाई बडघरले गरेको निर्णयलाई प्रशासनले मन्यता नदिँदा बडघर समुदाय चिन्तित छ । जसकारण स-सानो कुरामा समेत साधारण मानिसहरूले दुःख पाउने गरेको उनीहरुको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्