६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


भृकुटीमण्डपमा ‘इभी नेपाल एक्स्पो’ सुरु


910
Shares

काठमाडौं । शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा विद्युतीय गाडीको एक्स्पो (इभी नेपाल एक्स्पो) सुरु भएको छ ।

एसडी एक्स्पो मिडियाको आयोजनमा सुरु भएको एक्स्पो ३ दिनसम्म चल्ने छ । आयोजकका अनुसार विद्युतीय गाडी र सम्बन्धित उत्पादनको नेपालमा हुन लागेको यो सबैभन्दा ठूलो प्रदर्शनी हो । प्रदर्शनीमा १५० भन्दा बढी प्रतिष्ठित कम्पनी सहभागी भएका छन् ।

नेपालमा विद्युतीय गाडीको क्षेत्रलाई प्रोत्साहन गर्दै अहिलेको अवस्थामा प्रभावकारी ढङ्गले व्यापार सञ्चालनमा टेवा पुर्‍याउनु एक्स्पोको पहिलो उद्देश्य रहेको आयोजकले जनाएको छ । एक्स्पोमा ५०० भन्दा धेरै ब्राण्ड राखिएको छ भने विशेष गरी विद्युतीय कार, विद्युतीय स्कुटर र मोटरसाइकल र साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेशन, ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू प्रदर्शनमा राखिएको छ ।

एक्सपोको सह आयोजकको रुपमा इन्डियन इक्जिबिसन सर्भिसेस रहेको छ । एक्स्पोलाई अटो नेपाल, पावर टल्क, कार रिप, नेपाल अटो ट्रेडर डट कम र इभि ड्राइभ द फ्युचरले सहकार्य गरेका छन् ।