आफ्नै कार्यालयको छतमा कार्यालय प्रमुख मृत फेला « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Thu Feb 2 2023


आफ्नै कार्यालयको छतमा कार्यालय प्रमुख मृत फेला


9.347k
Shares

काभ्रे । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दिपेन्द्र घिमिरेले कार्यालयमा आत्महत्या गर्नुभएको छ ।

कार्यकक्षमा प्रमुख नभेटिएपछि खोजी सुरु भएको थियो । सोहि क्रममा घिमिरे कार्यालयको छतमा झुण्डिएको अवस्थामा फेला पर्नुभएको हो ।

स्थायी घर लमजुङ भएका घिमिरे काठमाडौंको मातातीर्थबाट दैनिक कार्यालय आउने जाने गर्नुहुन्थ्यो । ४७ वर्षिय घिमिरेका एक छोरी, छोरा र श्रीमती हुनुहुन्छ ।

उहाँ गत असोज २८ गतेमात्रै कार्यालय प्रमुखको जिम्मेवारी सहित काभ्रे पुग्नुभएको हो ।