
प्रतीकात्मक ।
काभ्रे । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दिपेन्द्र घिमिरेले कार्यालयमा आत्महत्या गर्नुभएको छ ।
कार्यकक्षमा प्रमुख नभेटिएपछि खोजी सुरु भएको थियो । सोहि क्रममा घिमिरे कार्यालयको छतमा झुण्डिएको अवस्थामा फेला पर्नुभएको हो ।
स्थायी घर लमजुङ भएका घिमिरे काठमाडौंको मातातीर्थबाट दैनिक कार्यालय आउने जाने गर्नुहुन्थ्यो । ४७ वर्षिय घिमिरेका एक छोरी, छोरा र श्रीमती हुनुहुन्छ ।
उहाँ गत असोज २८ गतेमात्रै कार्यालय प्रमुखको जिम्मेवारी सहित काभ्रे पुग्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्