स्याङजा–२ अपडेट : मतान्तर घटाउँदै एमाले उम्मेदवार पद्मा अर्याल « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Thu Feb 9 2023


स्याङजा–२ अपडेट : मतान्तर घटाउँदै एमाले उम्मेदवार पद्मा अर्याल


21.775k
Shares

स्याङजा । स्याङ्जा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर– २ को मतगणना जारी छ ।

जारी मतगणनामा काँग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता लिइरहनु भएको छ । मतगणनमा शुरुवाती अग्रता भने नेकपा एमालेकी उम्मेदवार पद्मा अर्यालले गर्नुभएको थियो । तर मतगणना अघि बढ्दै गर्दा अर्याल गुरुङसँग पछि पर्नुभएको छ । प्रतिनिधि सभा तर्फ प्राप्त पछिल्लो परिणाम अनुसार काँग्रेस उम्मेदवार गुरुङले १४ हजार ३०६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी एमाले उम्मेदवार अर्यालले १२ हजार १३५ मत ल्याउनु भएको छ ।

यस अघि २ हजार ४१८ मतले पछि पर्नुभएकी अर्यालले पछिल्लो गणनामा भने मतान्तर घटाउनु भएको छ । गुरुङ र अर्यालबीच २ हजार १७१ मतको अन्तर छ । उता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ५ हजार ९३३ मत ल्याउनु भएको छ ।यो क्षेत्रमा मंसिर ४ गते नै मतदान सम्पन्न भएपनि मतदानमा धाँधली भएको उजुरी परेपछि मतगणना हुन सकेको थिएन । निर्वाचन आयोगले गत बुधबार मतगणना गर्न निर्देशन दिएपछि मतगणना शुरु भएको हो ।