स्याङ्जा–२ (१) बाट कांग्रेसका भोजराज अर्याल विजयी « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Thu Feb 9 2023


स्याङ्जा–२ (१) बाट कांग्रेसका भोजराज अर्याल विजयी


403
Shares

काठमाडौं । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ (१) बाट नेपाली कांग्रेसका भोजराज अर्याल विजयी हुनुभएको छ ।

नेकपा (एमाले) का मोहन प्रसाद रेग्मीलाई २ हजार ७३० मतान्तरले पछि पार्दै अर्याल विजयी हुनुभएको हो ।

अर्यालले १५ हजार १६१ मत ल्याउनुभयो भने उहाँको निकटम प्रतिस्पर्धी रेग्मीले १२ हजार ४३१ मत ल्याउनुभयो ।

रेग्मी २०७४ सालमा सोही क्षेत्रबाट ३ हजार बढी मतान्तरले निर्वाचित हुनुभएको थियो ।